११ बैशाख २०८१, मंगलवार
 |   Tue Apr 23 2024
Logo

कोरोना संक्रमितको नि:शुल्क उपचारमा सरकारले हात झिकेसंगै सरकारी अस्पतालले पनि हात झिक्न थाले



काठमाडौं : कोरोना संक्रमितको नि:शुल्क उपचारबाट सरकारले हात झिकेपछि अस्पतालहरू पनि पन्छिन थालेका छन्। कोरोना भाइरस (कोभिड-१९) संक्रमित सबैको उपचार खर्च नव्यहोर्ने घोषणा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतवार गरेसँगै अस्पतालहरू पन्छिन थालेका हुन्। देशकै प्रमुखमध्ये एक काठमाडौंको नयाँबानेश्‍वरस्थित निजामती अस्पतालले कोरोना संक्रमितको नि:शुल्क उपचार गर्न नसकिने भन्दै सूचना नै प्रकाशित गरेको छ।

उसले स्वास्थ्य मन्त्रालयको निर्णयानुसार कोभिड संक्रमितको उपचार खर्च अब व्यहोर्न नसकिने जनाएको हो। अस्पतालले कात्तिक २ गतेदेखि नै लागू हुने गरी यस्तो निर्णय गरिएको जनाएको छ।

‘कोरोना संक्रमितले कात्तिक २ गतेदेखि लागु हुने गरी सम्पूर्ण खर्च विरामी स्वयमले व्यहोर्नुपर्ने जानकारी गराइन्छ’, अस्पताल प्रशासनले भनेको छ, ‘खानाका लागि अस्पताल क्यान्टिनमा नगद धरौटी राखी उपलब्ध हुने जानकारी गराइन्छ।’


प्रतिक्रिया दिनुहोस !