७ बैशाख २०८१, शुक्रबार
 |   Fri Apr 19 2024
Logo

प्रदेश १ सरकारले कोरोना संक्रमितको उपचार खर्च व्यहोर्ने



विराटनगर– प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले कोरोना भाइरस कोभिड १९ संक्रमितको उपचार खर्च उठाउन सरकारले निरन्तरता दिने बताएका हुन्। प्रदेश सरकारले सुरुवातबाट कोभिड अस्पताल, आइसोलेसन चलाउँदै आएको छ। मन्त्री घिमिरेले अहिलेसम्म निःशुल्क सेवा दिइरहेको हुँदा आगामी दिनपनि सो सुविधा निरन्तर रहने बताएका छन् ।

आइतबार कोरोना संक्रमितको उपचार खर्च स्वयं विरामीले व्यहोर्नुपर्ने व्यवस्था लागु गरेपछि प्रदेश १ सरकारले यो निर्णय गरेको हो।

प्रदेश सरकारबाट मोरङको सुन्दरहरैचा नगरपालिकास्थित पूर्वाञ्चल विश्वविद्यालयमा रहेको आइसोलेसनमा ४२ जना संक्रमितको उपचार, खानपान खर्च सबै प्रदेश सरकारले व्यहोर्दै आएको छ।


प्रतिक्रिया दिनुहोस !