१२ बैशाख २०८१, बुधबार
 |   Wed Apr 24 2024
Logo

सांसद दिलेन्द्र प्रसाद बडूद्वारा दशैंभत्ता दार्चुलाका स्थानीय तहमा कोरोना नियन्त्रणको लागि पठाइदिन आग्रह



काठमाडौं। पूर्वमन्त्री, नेपाली कांग्रेसका केन्द्रीय नेता तथा दार्चुलाका सांसद दिलेन्द्र प्रसाद बडूद्वारा दशैंभत्ता दार्चुलाका स्थानीय तहहरुलाई कोरोना नियन्त्रणका लागि पठाइदिन आग्रह सहित प्रेस विज्ञप्ति जारी गर्नु भएको छ। उक्त विज्ञप्तिमा सामाजिक संजालमा प्रकाशित, “सांसदहरुलाई दशैँ-तिहार भत्ता उपलब्ध गराएको” भन्ने समाचारहरु तर्फ मेरो गम्भीर ध्यानाकर्षण भएको छ भनि उल्लेख गर्नु भएको छ। साथै देश कोरोना संक्रमणको महामारीबाट आक्रान्त रहेको तथा गरिबी, वेरोजगारी एवं चरम अभाव जस्तो विषम र संबेदनशील अवस्थामा समेत वर्तमान सरकार एक पछि अर्को गरी भ्रष्ट्राचारमा डुबीरहेको छ भनि उल्लेख गर्नु भएको छ।

यस्तो अवस्थामा जनताको ध्यानान्तरण गर्ने दुराशयबाट सांसदहरु समेतलाई बदनाम र मान मर्दन हुने गरी सांसदहरुको कुनै परामर्श विना खातामा “दशैँ-तिहार भत्ता” का नाममा रकम पठाउने कार्य गर्नु सर्वथा अनुचित र आपत्तिजनक हुनुका साथै यस्तो कार्य प्रति आफ्नो असहमति रहेको समेत जाहेर गर्नु भएको छ।

माननीय दिलेन्द्र प्रसाद बडूज्यूद्वारा प्रेषित विज्ञप्ति-


प्रतिक्रिया दिनुहोस !