१४ बैशाख २०८१, शुक्रबार
 |   Fri Apr 26 2024
Logo

बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेललाई हेलिकप्टरबाट काठमाडौँ ल्याइयो



काठमाडौँ- कोरोना संक्रमण भएका बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेललाई उपचारका लागि हेलिकप्टरबाट काठमाडौं ल्याइएको छ। ७५ वर्षीय मुख्यमन्त्री पौडेललाई बिहीबार कोरोना संक्रमण पुष्टि भएको हो। उनलाई शुक्रबार दिउँसो नेपाली सेनाको हेलिकप्टरमा काठमाडौं ल्याइएको हो।

मुख्यमन्त्री पौडेललाई गंगालाल हृदयरोग केन्द्रमा उपचारका लागि लगिएको उनका प्रेस संयोजक प्रकाश दाहालले जानकारी दिए। केही दिनअघि मुटुको शल्यक्रिया गरिएका कारण मुख्यमन्त्री पौडेललाई अप्ठ्यारो हुनसक्ने भन्दै काठमाडौँ ल्याइएको हो।


प्रतिक्रिया दिनुहोस !