१४ बैशाख २०८१, शुक्रबार
 |   Fri Apr 26 2024
Logo

नेपाली कांग्रेसले यो वर्ष चियापान कार्यक्रम नगर्ने



काठमाडौँ – नेपाली कांग्रेसद्वारा कोजाग्रत पूर्णिमाका दिन आयोजना गरिँदै आएको शुभकामना आदान–प्रदान तथा चियापान समारोह यस वर्ष नहुने भएको छ। कोभिड—१९ का कारण यो वर्ष उक्त कार्यक्रम आयोजना नगरिने निर्णय भएको कांग्रेसले जानकारी दिएको छ।

वि.सं. २०३३ सालमा जननायक बी.पी. कोइराला राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिई स्वदेश फर्केपछि २०३४ सालदेखि प्रत्येक वर्ष नेपाली कांग्रेसले कोजाग्रत पूर्णिमाको दिनमा चियापान समारोह गरी शुभकामना आदान–प्रदान कार्यक्रमको आयोजना गर्दै आएको थियो। तर हाल विश्वव्यापी रुपमा फैलिएको कोभिड—१९ संक्रमण महामारीका कारण यस वर्ष कार्तिक १४ गते कोजाग्रत पूर्णिमाको दिन शुभकामना आदान–प्रदान तथा चियापान कार्यक्रम आयोजना नगरिने कांग्रेसले जनाएको छ।


प्रतिक्रिया दिनुहोस !