प्रधानसेनापति सिग्देलद्वारा दर्ज्यानी चिन्ह प्रदान

काठमाडौँ । उपरथी दर्जामा पदोन्नति भएका सहायक रथी कृष्ण बहादुर जिसीलाई प्रधानसेनापति अशोक राज सिग्देलले जंगी अड्‌डामा आयोजित एक कार्यक्रमका बिच दर्ज्यानी चिन्ह प्रदान गरेका छन् ।

पदोन्नतिसँगै उपरथी जिसी मध्य पूर्वी पृतनाको पृतनापतिमा नियुक्त भएका छन् । प्रधानसेनापतिले सोही अवसरमा महासेनानी दर्जामा पदोन्नति भएका प्राविधिक प्रमुख सेनानी डा. कुन्द विक्रम शाहलाई महासेनानी दर्जाको दर्ज्यानी चिन्ह प्रदान गरेका थिए ।

कार्यक्रममा बलाधिकृत, रथीवृन्द, अधिकृतहरुका साथै पदोन्नति भएका रथीवृन्द एवं अधिकृतका परिवारजनको उपस्थिति थियो ।

More From Author

खानेपानीमन्त्री यादव र भारतीय जलशक्तिमन्त्री पाटीलबीच समझदारीपत्रमा हस्ताक्षर

देशकै ठूलो पुरस्कार स्थापनार्थ धनगढीमा महायज्ञ, राधिका दासीको कथा वाचन

Leave a Reply