काठमाडौंका एसएसपी अधिकारीको भर्चुअल निर्देशन

काठमाडौं – काठमाडौंका एसएसपी विश्व अधिकारीले जिल्लाको सुरक्षा अवस्थालाई थप मजबुत बनाउन निर्देशन दिएका छन्।

जिल्ला प्रहरी परिसरबाटै उनले भर्चुअल रूपमा सोमबार मातहतका रहेका वृत्त तथा प्रभागका प्रमुखहरूलाई निर्देशन दिएका हुन्।

उनले ‘सुरक्षित उपत्यका’का लागि उत्त व्यावसायिक र निष्ठापूर्वक परिचालित हुन मातहतलाई निर्देशन दिए।

अधिकारी काठमाडौं परिसरमा हाजिर भएदेखि नै आफ्नो अभिव्यक्तिका कारण चर्चामा छन्। उनलाई कामभन्दा बढी बोलेर चर्चा कमाएको आरोप लाग्ने गरेको छ।

More From Author

अढाइ करोडबढीको भ्रष्टाचार मुद्दामा फरार विद्युत प्राधिकरणका कर्मचारी पक्राउ

७ महिना पछि एन्फाको केन्द्रिय कार्य समितिको बैठक, १६ अजेन्डामा छलफल हुदैँ

Leave a Reply