१२ बैशाख २०८१, बुधबार
 |   Wed Apr 24 2024
Logo

भारत र अमेरिकाको बीचमा बेका सम्झौता, भारतले मिसाइल आक्रमण गर्न अमेरिकी डाटाको प्रयोग गर्ने



काठमाडौं : कात्तिक ११, भारत र चीनको बीचमा सीमामा विवाद चलिरहेको बेला भारत र अमेरिकाको बीचमा बेसिक एक्सचेन्ज एण्ड को-अपरेशन एग्रिमेन्ट (बेका) सम्झौता भएको छ । यो सम्झौताअनुरूप भारतले मिसाइल आक्रमणको लागि विशेष अमेरिकी डाटाको प्रयोग गर्न पाउने भएको छ ।

भारत र अमेरिकाका विदेशमन्त्री र रक्षामन्त्रीबीचको बैठकमा बेसिक एक्सचेन्ज एण्ड को-अपरेशन एग्रिमेन्ट (बेका) म हस्ताक्षर भएसँगै मिसाइल आक्रमणको लागि भारतले विशेष अमेरिकी डाटाको प्रयोग गर्न पाउने भएको हो ।

अमेरिकी विदेशमन्त्री माइक पोम्पियो र रक्षामन्त्री मार्क एस्पर उक्त बैठकका लागि सोमबार (हिजो) दिल्ली आएका थिए । उनीहरुले भारतीय विदेश मन्त्री एस जयशंकर र रक्षामन्त्री राजनाथ सिंहसँग वार्ता गरेर उक्त सहमति गरेका हुन् ।

उक्त सम्झौतालाई चीनको लागि ठूलो रणनैतिक चुनौतीको रुपमा हेरिएको बताइएको छ । भारतीय विदेशमन्त्री एस जयशंकरले भने बैठकमा दुवै देशको रणनैतिक सम्बन्ध बलियो बनाउनेबारे छलफल भएको जानकारी गराए ।


प्रतिक्रिया दिनुहोस !