१६ चैत्र २०८०, शुक्रबार
 |   Fri Mar 29 2024
Logo

युराेपमा कोरोना संक्रमणबाट मृत्यु हुने दर ४० प्रतिशतले बढ्याे



एजेन्सी- युरोपमा कोरोना भाइरसको संक्रमणका कारण दैनिक मृत्यु हुनेको संख्या अघिल्लो हप्ताको तुलनामा ४० प्रतिशतले बढेको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले जनाएको छ । डब्लुएचओकी प्रवक्ता डा. मार्गरेट ह्यारीसका अनुसार फ्रान्स, स्पेन, बेलायत, नेदरल्याण्डस र रुसमा संक्रमण तुलनात्मक रुपमा बढिरहेको छ। संक्रमणका कारण गम्भीर बिरामी परेका व्यक्तिहरुबाट अस्पतालका आइसियूहरु भरिभराउ भएकोले चासो र चिन्ता थपिएको उनले बताएकी छन् ।

रुसमा मंगलबार अहिलेसम्मकै धेरै ३२० जनाको ज्यान गयो, त्यहाँ कोभिड १९ बाट ज्यान गुमाउनेको कुल संख्या २६ हजार ५८९ पुगेको छ । इटालीमा पनि पछिल्लो २४ घण्टामा २२१ जनाको ज्यान गएको छ । यस्तै अस्ट्रियामा कुल ज्यान गुमाउनेको संख्या मंगलबार एक हजार भन्दा माथि पुगेको छ ।

युरोपमा पछिल्ला दिनमा कोरोना भाइरस महामारीको दोस्रो लहर सुरु भएको छ । त्यहाँ लगातार संक्रमण बढ्दो क्रममा छ ।


प्रतिक्रिया दिनुहोस !