१२ बैशाख २०८१, बुधबार
 |   Wed Apr 24 2024
Logo

चीनबाट भारतको सार्वभौमसत्तामा खतरा आए अमेरिका र भारतले साझा कदम उठाउने पोम्पेओको घोषणा



एजेन्सी : कात्तिक १२, गत जूनमा लद्धाखको गलवान घाटीमा भारतीय र चिनियाँ सेनाको बीचमा भएको हिंसक झडपको घटनापछि भारत र चीनको बीचमा तनाव बढीरहेकोे बेला अमेरिकाले चीनका सबै चुनौतीको सामना गर्न भारत र अमेरिकाले संयुक्त कदम उठाउने घोषणा गरेको छ । भारत भ्रमण आएका अमेरिकी विदेशमन्त्री तथा अमेरिकी सुरक्षा प्रमुख माइक पोम्पियोले नयाँदिल्लीको हैदरावाद हाउसमा पत्रकारसँग को भेटघाटमा चीनको सत्तारूढ पार्टीको सामाना गर्न भारतलाई सहयोग गर्न अमेरिकाले तयार रहेको बताएका हुन् ।

त्यस्तै पोम्पियोले विश्वकै ठूलो प्रजातान्त्रिक देश भारतको सार्वभौमिकता र स्वतन्त्रता बचाउन अमेरिका भारतलाई सबै प्रकारका सहयोग गर्न तयार रहेको बताए । गलवान घाटीमा चिनियाँ सेनाको आक्रमणमा परी २० सैनिक मारिएको घटनालाई उदृत गर्दै पोम्पिओले अमेरिकाले भारतको सार्वभौमसत्ता बचाउन सहयोग गर्ने बताए ।

त्यस्तै भारत र अमेरिकाको बीचमा भएको बेका सम्झौता भएको छ । सो सम्झौता अनुसार रक्षा सम्बन्धी केही संवेदनशील स्याटलाइट तस्वीर, नक्सा लगायतका सूचनाहरु भारत  र अमेरिकाबीच एक आपसमा आदान प्रदान हुनेछ ।

सो सम्झौता अनुसार भारतले अमेरिकाले जम्मा पारेका सूचनाहरुमा पहुँच पाउने छ । सो सूचनामा पहुँच हुँदा मिसाइल, ड्रोनलगायतका आक्रमणमा सहज हुने बताइएको छ । दुई देशको बीचमा मंगलबार नै भएको टु प्लस टु बैठकपछि सो सम्झौता भएको छ ।

टु प्लस टु को अर्थ दुई देशका विदेशमन्त्रीसँग रक्षामन्त्रीको पनि बैठक हो । सोही वैठकका लागि अमेरिकी विदेशमन्त्री माइक पम्पियो र रक्षामन्त्री सोमबार भारतको भ्रमणमा आएका थिए । विश्लेषकहरुले भारत र अमेरिकाले रक्षा सम्बन्धमा गहिरो सहकार्य गरेर चिनियाँ प्रभावलाई कम गर्न खोजेको विश्लेषण गरेका छन् । भारत र चीनको बीचमा केही महिनायता तनाव बढिरहेको समयमा भएको यो सम्झौतालाई निकै महत्वका साथ हेरिएको छ ।


प्रतिक्रिया दिनुहोस !