१३ बैशाख २०८१, बिहीबार
 |   Thu Apr 25 2024
Logo

काठमाडौँ उपत्यकामा १३५७ सहित देशभर २५०८ जनामा कोरोना संक्रमण पुष्टि, १७ जनाको मृत्यु



काठमाडौं- पछिल्लो २४ घण्टामा थप २ हजार ५०८ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा ९ हजार २७९ पीसीआर टेष्ट गर्दा ९७६ महिला र १५३२ पुरुषमा संक्रमण पुष्टि भएको हो ।

देशभर ३८ हजार ५८४ संक्रिय संक्रमित छन्, जसमध्ये ३१ हजार ००८ होम आइसोलेसनमा छन् । संस्थागत आइसोलेसनमा रहेकामध्ये २९६ जनाको आईसीयू र ६९ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।

उपत्यकामा १३५७ थपिए

मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा मात्र १२५७ संक्रमित थपिएका छन्, जसमध्ये काठमाडौंका १११३ जना, ललितपुरका १९५ र भक्तपुरका ४९ जना छन् ।

देशभरका बिभिन्न जिल्लाहरुको संख्या

मोरङका १३८ जना, चितवन र कास्कीका १०९/१०९ जना, झापा र सुनसरीका ७६/७६ जना, रुपन्देहीका ७५, काभेका ७४, दाङका ४६, नुवाकोटका ३९, बाँकेका ३५, रौतहट र तनहुँका २७/२७ जना, दोलखाका २२, बाराका २१, सप्तरीका २०, धनुषाका १८, बर्दियाका १७, बाग्लुङ र नवलपरासीका १६/१६ जना, बझाङका १४, खोटाङका १३ तथा रसुवा र कपिलवस्तुका ११/११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

नवलपुरका १० जना, सिराहा, सिन्धुपाल्चोक र दैलेखका ९/९ जना, धादिङका ८, सर्लाही, गोरखा र स्याङ्जाका ७/७ जना, अछामका ६, पर्सा, महोत्तरी, मकवानपुर र दार्चुलाका ५/५ जना, इलामका ४, भोजपुर, रामेछाप, लमजुङ, गुल्मी, प्युठान, सुर्खेत, डडेलधुरा र डोटीका ३/३ जना, उदयपुर, सिन्धुली, पर्वत, कञ्चनपुर र कैलालीका २/२ जना तथा ओखलढुंगा, धनकुटा, पाँचथर, सोलुखुम्बु, पाल्पा, जाजरकोट, डोल्पा र सल्यानका १/१ जनामा पनि संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

त्यसैगरी नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसको संक्रमणबाट थप १७ जनाको मृत्यु भएको छ। यससँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ९ सय ३७ पुगेको छ।

पछिल्लो समय कोरोना भाइरसको संक्रमण बढेसँगै कोरोनाबाट ज्यान गुमाउनेहरुको संख्यामा समेत बृद्धि भइरहेको छ। स्वास्थ्य अवस्था गम्भीर भएका कोरोना संक्रमितहरु पनि बढ्दै गएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हाल देशभर २ सय ९६ जना कोरोना संक्रमितको आईसीयुमा र ६९ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ।


प्रतिक्रिया दिनुहोस !