काभ्रे- काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–११ स्थित सिनागाल अपाङ्ग अस्पतालभन्दा माथिको जङ्गलमा अन्दाजी वर्ष ३०÷३५ का पुरुषको शव भेटिएको र अझै पहिचान हुन नसकेको इलाका प्रहरी कार्यालय बनेपाका प्रहरी निरीक्षक योगेन्द्र तिमल्सिनाले बताए । शवलाई अहिले धुलिखेल अस्पतालमा राखिएको र घटना सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
शवको प्रकृति हेर्दा घटना शङ्कास्पद रहेको प्रहरीले जनाएको छ ।