१४ बैशाख २०८१, शुक्रबार
 |   Fri Apr 26 2024
Logo

बहिनी कौशल्या कोइरालाले लगाइदिइन् प्रधानमन्त्री ओलीलाई भाइटीका



काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीलाई उनकी बहिनी कौशल्या कोइरालाले तिहारको भाइटीका लगाइदिएकी छन्। बहिनी कौशल्या कोइरालाले पनि प्रधानमन्त्री ओलीका हातबाट टीका लगाएकी थिइन्।

बिहान ११:३७ को शुभसाइतमा कौशल्याले दाजु केपी शर्मा ओली र भाउजु राधिका शाक्यलाई भाइटीका लगाइदिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिएका छन्। प्रधानमन्त्री ओलीका अन्य दिदीबहिनी काठमाडौँमा नरहेका कारण बहिनी कौशल्याले मात्र उनलाई टीका लगाइदिएकी हुन्।


प्रतिक्रिया दिनुहोस !