१५ चैत्र २०८०, बिहीबार
 |   Thu Mar 28 2024
Logo

ओलीका दूत बनेर खुमलटार पुगे महासचिव पौडेल



काठमाडौं : मंसिर २, दुई अध्यक्षबीच असमझदारी बढेसँगै पार्टी एकता संकटमा परेको बेला नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव विष्णू पौडेले कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेका छन् । सत्तारुढ नेकपा स्रोतका अनुसार महासचिव पौडल र प्रचण्डबका बीचमा आज बिहान खुमलटारमा पछिल्ला विकसित राजनीतिक घटनाक्रका बारेमा कुराकानी भएको बताइएको छ । महासचिव पौडेलको लामो प्रयत्नपछि गत शुक्रबार बालुवाटारमा सचिवालय बैठक बसेको थियो । बैठकमा प्रधानमन्त्री समेत रहेका अध्यक्ष केपी शर्मा ओलीबिरुद्ध अर्का अध्यक्ष प्रचण्डले प्रवित्तिगत बिशेषताहरु औल्याउदै त्यसमाथि छलफल गर्नपर्ने प्रस्ताव राखेपछि विवाद झनै उत्कर्षमा पुगेको छ ।

प्रस्तावपछि ओली पक्षका नेताहरु झनै शंशकित बनेको छन् । उता अध्यक्ष दाहालसहित बहुमत पक्षका नेताहरुले ओलीले प्रधानमन्त्रीबाट राजीनामा नदिए बहुमतले कारबाही गर्ने तयारी गरेको ठानिन्छ । ओलीले भने प्रचण्डको आरोप हरु झुटा र आधाहीन भएकाले बैठक नबस्ने र प्रस्तावमाथि छलफल नगर्ने बताउदै आएका छन् । सत्तारुढ नेकपाको सचिवालय बैठक मंसिर ३ गते (भोलि) लाई बोलाइएको छ । तर प्रधानमन्त्री भोलीको बैठक सार्ने मनस्थितीमा रहेका छन् ।


प्रतिक्रिया दिनुहोस !


ताजा

लोकप्रिय