चितवन : मंसिर ७, सतारुढ नेकपाको केन्द्रको विवाद जिल्ला जिल्लामा पुगेको छ । केही समय अघि कर्णालीमा देखिएको विवाद जिल्ला जिल्लामा पुगेको छ । शनिबार राप्ती नगर कमिटी चितवनले पार्टी स्थायी समिति सदस्य सुरेन्द्र पाण्डेले सम्बोधन गरिरहेका बेला भएको पार्टी अध्यक्ष केपी शर्मा ओली पक्षका कार्यकर्ताले दुर्व्यवहार गरेर लखेटेका छन् । राप्ती नगर कमिटीको बैठक चलिरहेका बेला ओली समुहका केही कार्यकर्ताले भासण गरिरहेका पाण्डेलाइ नारबाजी गरेर लखेटेका थिए ।
नगर कमिटीले नाराबाजी पद्धती र विधानभन्दा बाहिर गई कसैबाट निर्देशित रुपमा गरिएको आरोप लगाउँदै कमिटीभन्दा बाहिरका केही अराजक व्यक्तिहरुको त्यसमा सहभागिता रहेको भन्दै विज्ञप्तिमा जारी गरेको छ । नेता पाण्डेमाथि अभद्र व्यवहार भएको र कार्यक्रम विथोलिएपछी ओली इतर समूहले नेता पाण्डेलाई लखेट्ने कार्यकर्ताला कारबाही गर्न माग गरेका छन् । पार्टी फुटेको संघारमा पुगेको बेला ओली समूह आफ्नो इतर समुहमाथी भौतिक आक्रमणमा उत्रिन थालेको छ । यो अघि प्रचण्ड निकटका नेता मात्रीका यादवका कार्यकर्ता चौरसियाको ओली समूहले आक्रमण गरि मारेको थियोे । पछिल्लो समय ओली समुह नेताहरूमाथी नै भौतिक आक्रमणमा उत्रिन थालेको छ । नेता पाण्डे चितवन क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्य एवम् पूर्वअर्थमन्त्री समेत हुन् ।