७ बैशाख २०८१, शुक्रबार
 |   Fri Apr 19 2024
Logo

जीपले ठक्कर दिँदा २ जनाको मृत्यु



बुटवल : पौष २३, रुपन्देहीको रोहिणी गाउँपालिकाको धकधई नजिकै जीपले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ । लु २ च २८४२ नम्बरको जीपले विपरीत दिशाबाट आउँदै गरेका लु ३७ प ६७९८ र लु २१ प ७८११ नम्बरका दुई वटा मोटरसाइकललाई ठक्कर दिँदा दुर्इ जनाको मृत्यु भएको हो ।

मृत्यु हुनेहरुमा स्याङ्जा गल्याङ नगरपालिका खरीपानीका ३० वर्षीय गणेश अधिकारी र रुपन्देहीको देवदह नगरपालिका कदमीपुरका २३ वर्षीय असिम चौधरी रहेका छन् । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी प्रवक्ता सत्यनारायण थापाका अनुसार अधिकारीको भैरहवा मेडिकल कलेज र चौधरीको भीम अस्पताल भैरहवामा मृत्यु भएको हो । दुर्घटनामा परी घाइते भएका पश्चिम नवलपरासी सुनवलका २८ वर्षीय विमल गैरे र देवदह कदमपुरकी २५ वर्षीया रमिता चौधरीको उपचार भइरहेको प्रवक्ता थापाले बताए ।


प्रतिक्रिया दिनुहोस !