१६ चैत्र २०८०, शुक्रबार
 |   Fri Mar 29 2024
Logo

मुख्यमन्त्री राईको बिरुद्धमा प्रदेश १ का कांग्रेसका केन्द्रीय नेताहरु



काठमाडौं : माघ ७, प्रमुख विपक्षी नेपाली कांग्रेसका प्रदेश १ का बहुसंख्यक केन्द्रीय नेताहरुले मुख्यमन्त्री शेरधन राईलाई समर्थन गर्न नहुने बताएका छन् । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को विभाजनसँगै केपी शर्मा ओली समूहका मुख्यमन्त्री राईविरुद्ध प्रचण्ड–माधव समूहले अविश्वासको प्रस्ताव राखेको छ । तर दुबैसँग प्रदेशसभाको बहुमत छैन । कांग्रेसले जसलाई समर्थन गर्‍यो, उसको बहुमत पुग्ने अवस्था छ । बुधबार पार्टी सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रदेश १ का केन्द्रीय नेताहरुसँग छलफल गरेका थिए ।

देउवा निवास बुढानीलकण्ठमा भएको छलफलमा कृष्णप्रसाद सिटौला, शेखर कोइराला, मिनेन्द्र रिजाल, भीष्मराज आङदेम्बे, विश्वप्रकाश शर्मा, गुरु घिमिरेलगायतले मुख्यमन्त्री राईलाई समर्थन गर्न नसक्ने बताएका छन् । बैठकमा पूर्वमहामन्त्रीसमेत रहेका सिटौला संसद विघटनविरुद्ध देशभर कालोझण्डा देखाउने, प्रदेशमा चाहिँ शेरधन राईलाई सेतो झण्डा देखाउने भनेर प्रश्न गरेका थिए । बैठकमा मिनेन्द्र रिजालले जसले ल्याएको भए पनि अविश्वासको प्रस्तावको पक्षमा उभिनु आफूहरुको धर्म भएको बताएका छन् ।

विश्वप्रकाश शर्मा, भीष्मराज आङ्देम्बेलगायतका नेताहरुले पनि ओलीको असंवैधानिक कदमको विरोध गरेर शेरधन राईलाई जोगाउने गल्ती गर्न नहुने बताएका छन् । नेताहरुका अनुसार अविश्वासको प्रस्तावको पक्षमा उभिनुपर्छ भन्नेमा अधिकांश नेताहरु एकमत देखिएका भए पनि प्रचण्ड–माधव समूहले मुख्यमन्त्रीका रुपमा अगाडि सारेका भीम आचार्यलाई समर्थन गर्ने कि आफैं नेतृत्व दावी गर्ने भन्ने अलमल कायमै छ ।


प्रतिक्रिया दिनुहोस !


ताजा

लोकप्रिय