२६ बैशाख २०८१, बुधबार
 |   Wed May 8 2024
Logo

जापानमा हावाहुरी र हिमपातले एक सय उडान रद्द



काठमाडौं : माघ १७, जापानमा अत्याधिक हावाहुरी र हिमपातले जनजीवन कष्टकर बनेको छ । अत्यधिक हिमपात र हावाहुरी शुक्रबार एकैदिन झण्डै एक सय उडान रद्द भएका छन् । मौसमा तीव्र खराबी देखिएपछि एकै दिन यति धेरै मात्रामा उडानहरु रद्द गर्नुपरेको त्यहाँ उड्डयन अधिकारीहरूले जनाएका छन् ।

समाचार एजेन्सीहरूको अनुसार जनापानमा विशेषतः उत्तरी भू भागमा तीव्र हावाहुरीका साथै बाक्लो हिमपात भएको थियो । सोही कारण त्यहाँका सबैभन्दा ठूला विमान सेवा प्रदायक कम्पनी मानिने अल निप्पन एयरवेज (एएनए) ले मात्रै ४६ उडान र जापान एयरलाइन्स (जेएएल) ले ३४ उडान शुक्रबार रद्द गरेका थिए । अन्य गरी कुल ९८ वटा उडान रद्द भएको बताइएको छ । शुक्रबार जापानको होकाइदोमा प्रति सेकेण्ड ३० मिटरको गतिमा हावाहुरी चलेको बताइन्छ । रद्द भएका धेरै उडानहरू होकाइदो र उत्तरी होन्शुबाट हुने उडान नै रहेको अधिकारीहरुले जनाएका छन् ।


प्रतिक्रिया दिनुहोस !