८ बैशाख २०८१, शनिबार
 |   Sat Apr 20 2024
Logo

राती सडकमा निस्किएका सेनाका बख्तरबन्द गाडी बुधबार कोटेश्वर हुँदै पाँचखाल जाने



काठमाडौं : माघ २०, नेपाली सेनाका बख्तरबन्द गाडीले सोमबार राति चक्रपथ परिक्रमा गरेका छन् । राति दश बजेपछि सेनाका दर्जन जति बख्तरबन्द गाडीहरू एकसाथ सडकमा निस्केका थिए । सेनाले यसलाई आफ्नो नियमित अभ्यास भनेको छ । सैनिक प्रवक्ता सहायकरथी सन्तोषबल्लभ पौडेल सैन्य अभ्यासअन्तर्गत पहिले नै निर्धारित गतिविधि भएको बताए ।

बख्तरबन्द गाडीहरू राति दश बजेपछि सितापाइलस्थित युद्ध कवच गण ब्यारेकबाट कर्णेल देवन्द्र खड्काको नेतृत्वको टोलीले एकसाथ निस्केका थिए र उनीहरूले चक्रपथको चक्कर चक्कर हिडेका थिए । यसअघि तत्कालीन राजा ज्ञानेन्द्र शाहले आफ्नो शासन हातमा लिँदा बख्तरबन्द गाडी सडकमा निकालिएको थियो ।

जंगीअड्डाले यसअघिनै जानकारी दिएर बख्तरबन्द गाडी सडकमा निकालेको हो । वर्तमान विकसित राजनीतिक घटनाक्रमका समेत तीव्र बनिरहेको बख्तरबन्द गाडी यसरी सडकमा निस्किएपनि सेनाले यसलाई ‘नियमित अभ्यास’ भनेको छ । त्यसैगरी ८ वटै पृतना अन्तर्गतका मेकनाईज्ड युनिटहरूबाट माघ २१ गते देशका विभिन्न स्थानहरुमा बख्तरबन्द गाडीहरुको अभ्यास गर्ने योजना रहेको छ । माघ २१ गते पनि बख्तरबन्द गाडीहरू सितापाइलाबाट बिहान सातादोबाटो कोटेश्वर हुँदै पाँचखाल जाने कार्यक्रम छ।


प्रतिक्रिया दिनुहोस !