७ बैशाख २०८१, शुक्रबार
 |   Fri Apr 19 2024
Logo

अमिताभ र अजय मे डेमा सँगै



मुम्बई- मुम्बईमा फेरि कोरोनाको संक्रमण बढे पनि अभिनेता अमिताभ बच्चन यतिबेला अभिनेता निर्देशक अजय देवगनसँग नयाँ फिल्म ‘मे डे’को छायांकनमा जोडिएका छन् । कोरोना संक्रमणको सिकार भएका अमिताभले फेरि कोभिड नदोहोरियोस् भनेर छायांकनका क्रममा पूर्ण सावधानी अपनाएको फिल्म युनिटले जनाएको छ । यो फिल्मको मुम्बईमा छायांकन भइरहेको छ ।

यो फिल्मको निर्देशन अजय देवगनले गरिरहेका छन् । फिल्ममो लगानी पनि उनकै रहनेछ । यो फिल्मको गत डिसेम्बरमै हैदराबादमा केही प्रतिशत छायांकन गरिएको थियो । बाँकी छायांकन मुम्बईबाट सुरु गरिएको छ । थ्रिलर ड्रामा भनिएको यो फिल्मबाट दर्शकहरूले फेरि अमिताभ र अजयलाई एकसाथ पर्दामा देख्न पाउनेछन् ।

यसअघि अमिताभ र अजयले मेजर साब, खाकी, सत्याग्रह, हिन्दुस्तानकी कसम, हम किसी से कम नहीजस्ता फिल्ममा सँगै काम गरेका छन् । आफूहरूको जोडी यो नयाँ फिल्ममा पनि दर्शकलाई लागि विशेष हुने अजय देवगनको कथन छ ।


प्रतिक्रिया दिनुहोस !