Saturday, November 23, 2024
spot_img

ट्रेन्डिङ :

मुख्यमन्त्रीलाई भीम आचार्यको चुनौती: तागत भए प्रदेशसभा विघटन गरेर देखाउनु

spot_img
spot_img

काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहका प्रदेश नम्बर एक इञ्चार्ज भीम आचार्यले मुख्यमन्त्री शेरधन राईलाई प्रदेशसभा भंग गरेर देखाउन चुनौती दिएका छन् । शनिबार काठमाडौंमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै आचार्यले कथित दलको विधानको हवाला दिएर मुख्यमन्त्री राईले सभामुख, उपसभामुख र सांसदलाई प्रदेशसभा भंग गर्ने भन्दै धम्क्याएको भन्दै यस्तो चुनौती दिएका छन् ।

आचार्यले अविश्वासको प्रस्तावबाट डराएर भागेर ओली समूहले धम्क्याउने काम गरिरहेको बताए । उनले अल्पमतमा परिसकेका मुख्यमन्त्री राई अब धेरै दिन भाग्न नसक्ने टिप्पणी गरे । आचार्यलाई मुख्यमन्त्रीको उम्मेरदवार बनाएर प्रचण्ड–नेपाल समूहले प्रदेशसभामा अविश्वासको प्रस्ताव दर्ता गराएको छ । तर राईले नेकपा कानुनीरुपमा विभाजित नभएको भन्दै अविश्वासको प्रस्तावको वैधतामाथि प्रश्न उठाएका छन् ।

spot_img

तपाईको टिप्पणी

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

spot_img

ताजा समाचार

spot_img

चर्चित समाचार

spot_img

हेर्न छुटाउनु भयो कि ?