Saturday, November 23, 2024
spot_img

ट्रेन्डिङ :

मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वासको प्रस्ताव पेश

spot_img
spot_img

विराटनगर : प्रदेशसभामा मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वासको प्रस्ताव पेश भएको छ । राईविरुद्ध प्रचण्ड–माधव समूहले १२ पुसमा अविश्वासको प्रस्ताव दर्ता गरेको थियो । तर ओली समूहले नेकपा राजनीतिक रुपमा फुटे पनि कानूनी रुपमा नफुटेको भन्दै बैधानिकताबारे प्रश्न गर्दै आएको थियो । आइतबार पनि बैठकअघि मुख्यमन्त्री शेरधन राईले सभामुखलाई पत्र पठाएर यसबारे स्मरण गराएका थिए । तर सभामुख प्रदीपकुमार भण्डारीले बैठक राखे र उक्त बैठकमा मुख्यमन्त्रीविरुद्धको अविश्वास प्रस्ताव पेश भएको छ । अविश्वास प्रस्ताव पेश हुनेवित्तिकै सभामुख भण्डारीले बैठक स्थगित गरेका छन् । अब अर्को बैठक फागुन २० गते दिउँसो १ बजे तोकिएको छ ।

spot_img

तपाईको टिप्पणी

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

spot_img

ताजा समाचार

spot_img

चर्चित समाचार

spot_img

हेर्न छुटाउनु भयो कि ?