७ बैशाख २०८१, शुक्रबार
 |   Fri Apr 19 2024
Logo

विप्लवमाथिको प्रतिबन्ध मन्त्रिपरिषद्को बैठकले फुकुवा गर्दै



काठमाडौं : प्रतिबन्धित विप्लव नेतृत्वको नेकपाका महासचिव विप्लवले औपचारिक रुपमा वार्तामा बस्न तयार भएको विज्ञप्ति जारी गरेपछि सरकारले सो पार्टीमाथिको प्रतिबन्ध हटाउने तयारी गरेको छ । आज वा भोली बस्ते मन्त्रिपरिषद्को बैठकले सो पार्टीमाथिको प्रतिबन्ध हटाईने स्रा्तको दाबी छ । विप्लव नेकपाको वार्ता टोलीका सदस्य र सरकारका प्रतिनिधिबीच केही दिनयता भइरहेको वार्तापछि विप्लवले शनिबार वार्तामा बस्न सकारात्मक रहेको वक्तव्य जारी गरेका हुन् ।

वार्ता प्रगतिमा रहे पनि ठोस परिणाम देखिएपछिमात्रै सार्वजनिक गर्ने तयारी दुवै पक्षको छ । विशेषगरी प्रचण्ड पक्षले वातावरण बिगार्नका लागि चलखेल गर्न सक्ने भएकाले देखिने र जनतालाई बुझाउने खालको वातावरण बनेपछिमात्र आधिकारिक कुरा बाहिर ल्याउन चाहेको स्रोतले बताएको छ । त्यही कुराको प्रधानमन्त्री केपी शर्मा ओलीले दहचोकमा आयोजित कार्यक्रममा प्रधानमन्त्रीले अस्थिरता र हिंसा मच्चाउन खोज्नेहरू वार्तामा आउने कुराले डराएको टिप्पणीसमेत गरेका छन् । विप्लव पक्षसँग सावधानीपूर्वक संवाद चलिरहेको र हिंसा त्यागेर शान्तिपूर्ण राजनीतिमा समाहित हुने सहमति भएमा प्रतिबन्ध फुकुवा गरेर वार्ता हुने ती मन्त्रीले बताए । आज भोलिमै अनौपचारिक सहमति भएपछि हाल प्रहरी हिरासतमा रहेका नेता धर्मेन्द्र बास्तोलालाई प्रक्रिया पूरा गरेर रिहा गरिने भएको छ ।


प्रतिक्रिया दिनुहोस !