७ बैशाख २०८१, शुक्रबार
 |   Fri Apr 19 2024
Logo

सहज गतिविधि र कार्यक्रम गर्ने वातावरण बन्ने अवस्थामा सरकारसँग सम्वाद र वार्ताका लागि सकारात्मक छौं- विप्लव



काठमाडौं- नेकपा विप्लव समूह शान्तिपूर्ण राजनीतिमा आउन चाहेको भए सरकारले वातावरण बनाउने सरकारका एकजना मन्त्रीले बताएका छन् । तर, विप्लव समूहको खास माग के हो भन्नेमै सरकार अहिलेसम्म स्पष्ट हुन सकेको छैन । विप्लव समूहका महासचिव नेत्रविक्रम चन्द (विप्लव)ले शनिबार विज्ञप्ति जारी गर्दै ‘सहज गतिविधि र कार्यक्रम गर्ने वातावरण बन्ने अवस्थामा सरकारसँग सम्वाद र वार्ताका लागि सकारात्मक छौं’ भनेपछि अब सरकारतिर सबैको नजर गएको छ । सरकारले उसमाथिको प्रतिबन्ध हटाएर वार्ता समिति गठन गर्छ कि गर्दैन भन्ने चासो बढेको छ ।

तर, चर्चा गरिएजस्तो भरे, भोलि नै वार्ता भएर विप्लव समूह शान्तिपूर्ण राजनीतिमा आइहाल्नेमा उनले शंका व्यक्त गरेका छन् । ती मन्त्री विप्लवले दुई वाक्यको विज्ञप्ति जारी गरेकै भरमा सरकारले तत्कालै प्रतिबन्ध हटाउने र वार्ता समिति गठन गर्ने सम्भावना कम देख्छन् । ‘उहाँहरुको मुद्दा हो भन्ने अझै प्रष्ट छैन,’ उनले भने, ‘वार्ताका लागि तयार छौं भन्नु सकारात्मक छ । तर, वार्ता टोली बनाएर दुबै पक्ष सम्वादमा बस्न निश्चित प्रक्रिया पार गर्नुपर्छ ।’


प्रतिक्रिया दिनुहोस !