१५ चैत्र २०८०, बिहीबार
 |   Thu Mar 28 2024
Logo

आज कञ्चनपुर भ्रमणमा प्रधानमन्त्री ओली



काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओली आज सुदूरपश्चिम प्रदेशको कञ्चनपुर जाँदै छन् । दैजी छेला औद्योगिक क्षेत्रको शिलान्यास गर्न प्रधानमन्त्री ओली कञ्चनपुर जान लागेका हुन् । प्रधानमन्त्री ओलीले बिहान साढे ११ बजे औद्योगिक क्षेत्र शिलान्यास गर्ने कार्यक्रम रहेको औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडका अध्यक्ष नन्दकिशोर बस्नेतले जानकारी दिए ।

कञ्चनपुरको वेदकोट–२ र ३ मा दैजी छेला औद्योगिक क्षेत्र स्थापना हुन लागेको हो । शिलान्यास कार्यक्रमको औपचारिक समारोह भने वेदकोट–२ स्थित झरना खेल मैदानमा आयोजना गरिएको छ ।


प्रतिक्रिया दिनुहोस !


ताजा

लोकप्रिय