१३ बैशाख २०८१, बिहीबार
 |   Thu Apr 25 2024
Logo

ओलीले नयाँ स्टेप चाल्ने आशंका गरिएको बेला राष्ट्रिय सुरक्षा परिषद्को बैठक सम्पन्न



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बसेको राष्ट्रिय सुरक्षा परिषद्को बैठक सम्पन्न भएको छ । मुलुकको पछिल्लो राजनीतिक अवस्थाको समीक्षा गर्न नियमित बैठक बोलाइएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ । नियमित बैठक भनिए पनि आजको बैठकलाई महत्वका साथ हेरिएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा र प्रधानसेनापति पूर्णचन्द्र थापाबीच हिजो भेटवार्ता हुनुले पनि आजको बैठकलाई अर्थपूर्ण मानिएको छ ।

बैठकमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, अर्थमन्त्री विष्णु पौडेल, गृहमन्त्री रामबहादुर थापा र प्रधानसेनापति पूर्णचन्द्र थापा सहभागी रहेका थिए । समग्र राष्ट्रिय हित, सुरक्षा र प्रतिरक्षा सम्बन्धी नीति तर्जुमा गर्न तथा नेपाली सेना परिचालन वा नियन्त्रणका लागि सरकारलाई सिफारिस गर्न प्रधानमन्त्रीको अध्यक्षतामा राष्ट्रिय सुरक्षा परिषद् रहने संवैधानिक प्रावधान छ ।


प्रतिक्रिया दिनुहोस !