७ बैशाख २०८१, शुक्रबार
 |   Fri Apr 19 2024
Logo

राजीनामा होइन, अविश्वासको प्रस्ताव फेस गरिन्छ : मन्त्री श्रेष्ठ



काठमाडौं : शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठले कसैले राजीनामा माग्दैमा प्रधानमन्त्री केपी ओलीले राजीनामा नदिने बताएकालआ छन् । पछिल्लो राजनीतिक घटनाक्रमको विश्लेषण गर्दै मन्त्री श्रेष्ठले यो अवस्थामा प्रम ओलीले कुनैपनि हालतमा राजीनामा नदिने दोहो-याए । 

उनले भने, ‘हामी कायर हो र, राजीनामा दिन ?, कुनैपनि हालतमा राजीनामा आउँदैन । प्रधानमन्त्रीले अविश्वासको प्रस्ताव फेस गर्नुहुन्छ । संसद सुचारु भएपछि प्रकृयामा जाने र सोही आधारमा प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी ओलीले फेस गर्ने बताए ।


प्रतिक्रिया दिनुहोस !