१२ बैशाख २०८१, बुधबार
 |   Wed Apr 24 2024
Logo

संसद पुनःस्थापना भएपछि मेरा केही भाइहरूले लड्डु खाए छन् : प्रम ओली



काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले उनले सर्वोच्चको फैसलालाई लिएर नेकपाका प्रचण्ड–माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधव कुमार नेपालले चितवनमा लड्डु खाँदै आपसमा खुसीयाली मनाएको प्रति व्यङ्ग्य कटाक्ष गरेका छन् । सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन गरेपछि प्रचण्ड र नेपालले आपसमा लड्डु खुवाउँदै खुसीयाली मनाएका थिए । 

प्रचण्ड र नेपाललाई ‘भाइहरु’को संज्ञा दिँदै ओलीले लड्डु खाँदैमा उनीहरुले केही नपाउने बताए । उनले भोलि पर्सादेखि प्रचण्ड–नेपालले आफ्नो राजीनामा माग्न सक्ने पनि बताए । 

‘मेरा केही भाइहरूले लड्डु खुवाइखुवाइ गर्या रैछन् । लड्डु खाएछन् जित्यौँ हामीले भनेर । के जित्यौ भन्ने चाहिँ थाहा छैन’ व्यंग्य मिश्रित कटाक्ष गर्दै ओलीले भने, ‘उनीहरुलाई लड्डु खाएर के पाउँछौँ भन्ने थाहा छैन । के पाउँछन् त्यो चाहिँ मैले हेर्नु छ । मेरो विचारमा भोलि पर्सीदेखि फेरि राजीनामा माग्नुहुन्छ कि जस्तो लाग्छ ।’ 

उनले सर्वोच्चको फैसलापछि पनि आफ्नो देश विकासको संकल्पमा केही फरक नभएको र त्यस्तो हुन आवश्यक  समेत नरहेको बताए । पदमा रहेसम्म आफूले इमान्दार भएर देश र जनताको पक्षमा निरन्तर उही रफ्तारमा काम गर्ने ओलीको भनाइ छ । 


प्रतिक्रिया दिनुहोस !