काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली समूहको आज बस्ने भनिएकाे स्थायी कमिटी बैठक स्थगित भएको छ । आज बिहान साढे ८ बजेका लागि पूर्वनिर्धारित बैठक गृहकार्य नपुगेकाे भन्दै स्थगित गरिएको बताइएाकाे छ ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने तय भएकाे उक्त बैठक आज बैठक नबस्ने र अबकाे १-२ दिनमा बस्ने प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।
यसअघि हिजाे बुधबार बसेको स्थायी कमिटीकाे बैठकले सर्वोच्च अदालतको फैसलालाई सम्मान गर्दै १३ फागुनभित्रै संसद बैठक आह्वान गर्ने निर्णय गरेकाे थियाे । पछिल्लाे समय मुलुकमा विकसित राजनैतिक घटनाक्रमले पारेकाे प्रभाव र अबकाे रणनीति लगायत विषयमा छलफल गर्न बिहीबार (आज)का लागि समेत बैठक बाेलाइएकाे तर । तर थप गृहकार्य गर्नुपर्ने भएपछि बैठक स्थगित भएकाे हाे ।
गत पुस ५ मा विघटन गरिएकाे प्रतिनिधिसभा विघटन असंवैधानिक रहेकाे निष्कर्ष सहित यही फागुन ११ गते सर्वाेच्च अदालतले पुनर्स्थापना गर्न परमादेश जारी गरिसकेकाे छ ।