१६ चैत्र २०८०, शुक्रबार
 |   Fri Mar 29 2024
Logo

अष्ट्रेलियामा गुगल र फेसबुकले समाचार सामाग्री राखेबापत सम्बन्धित समाचार संस्थालाई पैसा तिर्नुपर्ने कानुन पारित



काठमाडौं- अष्ट्रेलियाले पहिलो पटक गुगल र फेसबुकले समाचार सामाग्री राखेबापत सम्बन्धित समाचार संस्थालाई पैसा तिर्नुपर्ने कानुन पारित गरेको छ । यस्तो कानुन परित गर्ने अष्ट्रेलिया विश्वमा पहिलो देश भएको छ । सो कानुनको अमेरिकी प्रविधिसम्बन्धी ठूला कम्पनीले विरोध गरेका छन् ।

गतहप्ता फेसबुकले सबै समाचार सामग्रीहरुमाथि रोक लगाएको थियो र यस हप्ता उसले सरकारसँगको छलफलपछि सो निर्णयलाई उल्टाएको थियो ।

सो छलफलपछि उक्त नयाँ कानुनमा केही सुधार गरी फेसबुक र गुगललाई बाध्य नबनाउने खालका प्रावधान राखिएको छ । तर पनि दुबै कम्पनीले अस्ट्रेलियाका ठूला प्रकाशकहरूलाई सो कानुनको दायरा बाहिरबाटै ठूलै मात्रामा रकम दिन प्रतिबद्ध भएका छन् । यस किसिमको समझदारीलाई गुगल र फेसबुकले सम्झौता गरेको रुपमा हेरिएको छ ।


प्रतिक्रिया दिनुहोस !