६ बैशाख २०८१, बिहीबार
 |   Thu Apr 18 2024
Logo

५२ सहसचिव र उपसचिवको सरुवा



काठमाडौं : गृह मन्त्रालयले सहसचिव र उपसचिव गरी ५२ जनाको सरुवा र पदस्पथापन गरेको छ । शुक्रबार मन्त्रीस्तरको निर्णयअुनसार उनीहरुको सरुवारपस्थापन गरिएको जनाइएको छ । सरुवा र पदस्थापनमा ३६ जिल्लाका प्रमुख जिल्ला अधिकारी (सिडियो) हेरफेर भएका छन् भने केही जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी पनि हेरफेर भएका छन् ।

शुक्रबार गृहमन्त्री रामबहादुर थापाले मन्त्रीस्तरीय निर्णयबाट सिन्धुली, बागलुङ, गोरखा, सिन्धुपाल्चोक, सुनसरी, कास्की, इलाम, सल्यान, कैलाली, उदयपुर, दैलेख, चितवन, सर्लाही, दाङ, महोत्तरी, सप्तरी, ओखलढुंगालगायतका जिल्लाका प्रमुख जिल्ला अधिकारी सरुवा गरेका छन् ।


प्रतिक्रिया दिनुहोस !