१३ बैशाख २०८१, बिहीबार
 |   Thu Apr 25 2024
Logo

ओलीले आफूलाई महाराजा ठाने : प्रचण्ड



काठमाडौं : १५ फागुन । प्रचण्ड–नेपाल समूहका अध्यक्ष प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओली कम्युनिष्ट वर्गको नभएको बताएका छन् । शनिबार शिक्षकहरुको राष्ट्रिय भेलामा सम्बोधन गर्दै ओली कम्युनिष्ट वर्ग नभएको र हिजो कम्युनिष्ट आन्दोलनले जसका विरुद्ध सर्घष गर्‍यो त्यही वर्गको पक्षपोषण गर्न थालेको उनले आरोप लगाए । बैठकमा बस्नु पनि नपर्ने। अरुका कुरा सुन्न पनि नपर्ने। आलोचना पनि गर्न नहुने । यो त हिजोका महाराजधिराजको चरित्र हो। त्यसैले ओली अहिले कम्युनष्टि वर्गका होइनन् प्रचण्डले भने । प्रधानमन्त्री ओलीले आफूलाई महाराजा ठानेको आरोपसमेत लगाए । प्रधानमन्त्री ओलीले आफूलाई महाराजधिराज नै भएको ठानेर आलोचना पनि सहने र अरुको कुरै नसुन्ने प्रवृत्ति देखिएको भन्दै उनले टिप्पणी गरे।


प्रतिक्रिया दिनुहोस !