६ बैशाख २०८१, बिहीबार
 |   Thu Apr 18 2024
Logo

करोडौँ अनुदान लिएको होङ्सी सिमेन्टले धमाधम सडक ध्वंस बनाउँदै, जनतालाई चरम सास्ती



बुटवल : फागुन १६, चिनियाँ लगानी रहेको सिमेन्ट उद्योग होङ्सी शिवम् सिमेन्टले कमसल सिमेन्ट उत्पादन मात्र होईन, पर्यावरणलाई पनि ध्वंस गरिरहेको भेटिएको छ । चिनियाँ कम्पनीको लगानीमा नवलपरासीको साविकको बेणीमनिपुर गाविसको बेलुवामा स्थापना भएको सो पिूर्वपश्चिम राजमार्गको बाटो ध्वंस पारेको छ । दुम्कीबासबाट ५ किलोमिटर टाढा रहेको होङ्सी सिमेन्टको प्लान्ट जाने पहुँच मार्गमा होङ्सी सिमेन्टका टकले बाटोमा एक फिट ठूला र गहिरा खाल्डा बनाएको छ ।

पहुँच मार्गका लागि राज्यबाट १० करोड बढी बजेट लिईसकेको होङ्सी सिमेन्टले अहिलेसम्म बाटोका खाल्डासमेत नपुरेको भन्दै सर्वसाधारणले सराप्दै यात्रा गर्ने गरेका छन् । तर अनुगमन गर्ने राज्यका जिम्मेवार निकायहरु भने मोटो कमिसन लिएर कारबाही गर्नुको साटो पुरुस्कृत गरिरहेको भेटिएको छ । त्यस्तै पाल्पाको ज्यामिरेबाट कच्चा पदार्थ (क्लिंकर) ल्याउने बाटो र पूर्वपश्चिम राजमागको बाटो ध्वंस पारेर हजारौँ सवारी साधन र लाखौँ यात्रुहरुलाई चरम सास्ती दिएको भए पनि जिम्मेवार निकायले कारबाहीका लागि कुनै पनि प्रक्रिया अघि बढाएका छैनन् ।

समाजवादको सहयोगमा ।


प्रतिक्रिया दिनुहोस !


ताजा

लोकप्रिय