१५ चैत्र २०८०, बिहीबार
 |   Thu Mar 28 2024
Logo

मिस्टर कम्फर्टेबल र मिस्टर हेल्लो जनताका लागि टनटन्नाउने पिलो हुन् : ओली



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अर्का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाललाई झुसे बारुलाको संज्ञा दिएका छन् । आइतबार गृहजिल्ला झापामा औद्योगिक पार्कको शिलान्यास समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो टिप्पणी गरेका हुन् । उनले प्रचण्ड–माधवलाई नेपाली जनताका लागि पिलो भन्दा बढी टनटन्नाउने गरेको समेत बताए ।

‘शान्ति, एकता देख्न नसक्ने । बल्ल बल्ल एकता गरियो । त्यही पनि फुटाएर हिँड्ने । पद, पैसा, परिवार । जहिले पनि मलाई चाहियो’, ओलीले प्रचण्ड माधवप्रति कटाक्ष गर्दै भने, ‘लड्डु खाँदै गर्दा हेलो, आँपको सहयोगको बहुतबहुत धन्यवाद कसलाई हो थाहा छैन, सुनियो त्यस्तो । एउटा मिस्टर हेल्लो, अर्को मिस्टर कम्फर्टेबल, यी दुई मिस्टरहरुले देशलाई बर्बाद पार्न लागेका छन् ।’ उनले प्रचण्ड र माधव नेपालले देशलाई बर्बाद पार्न लागेको आरोप लगाउँदै आफू पनि यही देशमा रहेको नबिर्सन चेतावनी दिए ।

‘तर हामी छौँ यो देशमा, लड्डु खानेहरुलाई म भन्छु–हामी यहीँ छौँ भन्ने नबिर्स’, उनले भने । ओलीले आफूले गल्ती नगरेपनि मुद्दा हार्दै जाने गरेको दावी गरे । ‘मुद्दा जिताएर मलाई कसैले प्रधानमन्त्री बनाएको होइन । जबसम्म नेपाली जनता साथमा हुन्छन्, जनताको आशीर्वाद रहन्छ । तबसम्म मुद्दा त के भो रु प्रतिनिधि सभा पुनःस्थापना भयो, के देख्नुभयो भन्दा चितवनको प्लेन चढेर काठमाडौँ आए’, प्रधानमन्त्री ओलीले केही दिनअघि सर्वोच्चको फैसलापछि प्रचण्ड र माधव नेपाल सभा छोडेर काठमाडौँ फर्किएकोमा व्यङ्ग्य गर्न समेत भ्याए ।

‘घर दक्षिणतिर छ, उनीहरु उत्तरतिर गए । सुतिरहेका बूढानीलकण्ठ जान्छन् भनेको उठेको बूढानीलकण्ठ पो पुगेछन् र प्रभू केपी ओलीलाई हटाउनुपर्यो भनेछन् । उहाँले साथीहरुसँग सल्लाह गर्छु भन्नुभयो, विचराहरु अँध्यारो मुख लाएर गएछन् ।’ प्रचण्ड–नेपाल फागुन १२ गते काँग्रेस सभापति शेरबहादुर देउवा भेट्न गएको प्रसंग कोट्याउँदै ओलीले कटाक्ष गरे ।


प्रतिक्रिया दिनुहोस !


ताजा

लोकप्रिय