१६ चैत्र २०८०, शुक्रबार
 |   Fri Mar 29 2024
Logo

योगेश भट्टराईको गाडीले घाइते भएका घिमिरेलाई बीएण्डबी अस्पताल पठाउने तयारी



काठमाडौं । प्रचण्ड–माधव समूहका स्थायी समिति सदस्य योगेश भट्टराई चढेको गाडीले रौतहटको चन्द्रनिगाहापुरमा साइकल यात्रीलाई ठक्कर दिएको छ । भट्टराईको गाडीले ठक्कर दिँदा ५५ वर्षीय इन्द्रप्रसाद घिमिरे घाइते भएको जिल्ला प्रहरी कार्यालय, रौतहटका प्रमुख सिद्धिविक्रम शाहले जानकारी दिएका छन् । जनकपुरबाट हेटौंडातर्फ जाँदै गरेको भट्टराई सवार ज १ झ ४२७ नम्बरको गाडीले साइकल यात्री घिमिरेलाई ७ः१५ बजे ठक्कर दिएको थियो । घाइते उनलाई चपुरस्थित सिभिल अस्पतालमा लगिएको छ । ‘हाल अस्पतालले रिफर गरेपछि काठमाडौंको बीएण्डबी अस्पताल पठाउने तयारी भइरहेको प्रहरीले जानकारी दिएको छ ।


प्रतिक्रिया दिनुहोस !