७ बैशाख २०८१, शुक्रबार
 |   Fri Apr 19 2024
Logo

ठग म्यानपावरमा छापा मार्नु अघि मलाई सोध्नु : मन्त्री चौधरी



काठमाडौं : श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गौरीशंकर चौधरीले म्यानपावरमा छापा मार्नुअघि आफूलाई सोध्नुपर्ने भन्दै वैदेशिक रोजगार विभागलाई ठाडो निर्देशन दिएका छन् । पछिल्लो समय वैदेशिक रोजगार क्षेत्रमा विकृति बढ्न थालेपछि विभागका महानिर्देशक दाहालले म्यानपावर कम्पनीमाथि धमाधम अनुगमन र छापा मार्दै गर्दा मन्त्री चौधरीले भने विभागलाई सघाउनुको साट्टो उल्टै आफूलाई सोधेर मात्र छापा मार्न ठाडो निर्दशन दिएका छन् ।

गैरकानुनी रुपले कतार प्रहरीमा पठाइदिने एसओएस म्यानपावरलाई समयअगावै (६ महिनाका लागि सम्पूर्ण कारोबार रोक्का भएको) कारबाही फुकुवा गरेर विवादित बनेका मन्त्री चौधरीले म्यानपावरको बचाउमा झन् कस्सिएर लागिपरेका छन् । अब कुनै म्यानपावरमाथि छापा मार्नुअघि मन्त्रालयसँग अनुमति नलिई म्यानपावरमा अनुगमनसमेत नगर्न उनले ठाडो निर्देशन दिएका छन् । व्यवसायीको प्रलोभनमा परेका मन्त्री चौधरीलाई मन्त्रालयमा भेट्ने म्यानपावर व्यवसायीहरुको घुँइचो लाग्ने गरेको देखिन्छ । मन्त्रीलाई देशको अर्थतन्त्रको मेरुदण्ड भन्दै अनेक जालमा पारेर विभागलाई म्यानपावरमा अनुगमन र छापा मार्ने काम बन्द गर्न अनुरोध र व्यवसायीबाट मन्त्री चौधरी खुसीसमेत भएको बताइन्छ ।


प्रतिक्रिया दिनुहोस !