८ बैशाख २०८१, शनिबार
 |   Sat Apr 20 2024
Logo

विकास निर्माण तीब्र गतिमा बढाएपछि मेरो ज्यान खतरामा छ : ओली



काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो ज्यानकै खतरा रहेको बताएका छन् । सरकारले विकास निर्माणमा तीव्र गतिमा काम गरिरहेकाले देशी–विदेशी तत्वहरु नेकपालाई ध्वस्त पार्न आफूमाथि पनि प्रहार केन्द्रीत भएको प्रधानमन्त्री ओलीले बताए । सोमबार पोखरामा आयोजित नेकपा ओली समूहको गण्डकी प्रदेशस्तरीय भेलालाई सम्बोधन गर्दै ओलीले यस्तो बताएका हुन् । ओलीले भने, ‘तपाईंहरु अनौठो नमान्नु होला यदि ममाथि कुनै शारीरिक हमला नै भयो वा मेरो ज्यान तलमाथि भइहाल्यो भनेपनि कुनै अनौठो नमान्नु होला । तर, त्यस्तो हुन दिइने छैन हामी सतर्कता अपनाउँछौँ ।

उनले आफू नरहेपनि पार्टी र आन्दोलन रहिरहने भन्दै पार्टी कुनै पनि हालतमा तलमाथि नपर्ने बताए । ‘म नरहेपनि केही छैन । आन्दोलन छ, पार्टी छ, यस आन्दोलनले प्रतिक्रियावादी तत्वका मतियारहरुसँग घुँडा टेक्नु हुँदैन’, ओलीले भने, ‘देशको भविष्य अन्धकारमा जान दिन हुँदैन । यस पार्टीलाई तलमाथि पर्न दिन हुँदैन, ओलीले भने ।


प्रतिक्रिया दिनुहोस !