८ बैशाख २०८१, शनिबार
 |   Sat Apr 20 2024
Logo

पूर्णरुपमा पतन नहुँदासम्म ओलीले बेइमानी र गडबढ गर्न छाड्दैनन् : प्रचण्ड



काठमाडौं । दाहाल–नेपाल समूहका अध्यक्ष प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओली सम्पूर्ण रूपले पतन नहुँदासम्म बेइमानी र गडबढ गर्न नछाड्ने बताएका छन् । पेशागत महासंघ नेपाल र नेपाल राष्ट्रिय कर्मचारी महासंघको एकता घोषणा कार्यक्रममा अध्यक्ष दाहालले प्रधानमन्त्री ओलीले अझै पनि साम, दाम, दण्ड, भेदकै बल गरिरहेको आरोप लगाए । अध्यक्ष दाहालले सर्वोच्च अदालतले संसद् विघटनलाई बदर गरिदिँदा ओलीले नैतिकताको आधारमा राजीनामा नदिएर धम्की र अहंकार प्रदर्शन गरेको टिप्पणी गरे । नैतिकताको आधारमा प्रधानमन्त्री ओली एकछिन पनि पदमा बस्न लायक नभएको प्रचण्डले बताए । संसद् विघटनपछि प्रधानमन्त्री ओलीले हल्ला चलाएको सेटिङ अदालतले भत्काइदिएकाले निर्वाचन आयोगको हल्लाको सेटिङ पनि भत्किने दाबी गरे ।


प्रतिक्रिया दिनुहोस !