१६ चैत्र २०८०, शुक्रबार
 |   Fri Mar 29 2024
Logo

मोरङमा सेनिटाइजरको सेवनबाट दुईजनाको मृत्यु



काठमाडौं : मोरङमा सेनिटाइजरको सेवनबाट दुईजनाको मृत्यु भएको छ । मृत्यु हुने दुवैले पारिवारिक विवादका कारण सेनिटाइजर सेवन गरेका कारण मृत्यु भएको अनुमान गरिएको छ । मृत्यु हुनेमा मोरङको जहदा गाउँपालिका–४ का ६० वर्षीय दिनेश मण्डल र अर्की झापा घर भई विराटनगर महानगरपालिका–१७ बस्दै आएकी ६५ वर्षीया अम्बिका गिरी रहेको प्रहरीको भनाइ छ ।

मण्डल र गिरीको उपचारको क्रममा विराटनगरस्थित कोशी अस्पतालमा सोमबार नै मृत्यु भएको प्रहरीको भनाइ छ । मृतक मण्डलले पारिवारिक विवादपछि सेनिटाइजर सेवन गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ । त्यस्तैगरी मृतक अर्की गिरीले पनि पारिवारिक विवादपछि मदिरा सेवन गरेर मातेको अवस्थामा राति सेनिटाइजरलाई मदिरा सम्झेर पीएपछि गम्भीर अवस्थामा अस्पताल पुर्याइएको मोरङ प्रहरीको भनाइ छ ।


प्रतिक्रिया दिनुहोस !


ताजा

लोकप्रिय