१४ बैशाख २०८१, शुक्रबार
 |   Fri Apr 26 2024
Logo

फ्रान्सका पूर्व राष्ट्रपति सार्कोजीलाई भ्रष्टाचारको आरोपमा ३ बर्षको जेल सजाय



एजेन्सी । फ्रान्सका पुर्व राष्ट्रपति निकोल सार्कोजीलाई भ्रष्टाचारको आरोपमा जेल सजाय तोकिएको छ । आफु पदमा रहँदा न्यायाधीशहरुलाई घुस लिन खोजेको आरोपमा दोषी ठहर भएपछी फ्रान्सको उच्च अदालतले सार्कोजीलाई ३ बर्षको जेल सजाय तोकेको हो । अदालतमा बिचाराधिन मुद्दाको सुचना माग गरी सो बापत न्यायाधीशहरुलाई महत्वपूर्ण नियुक्ति दिने वाचासहित घुस दिन खोजेको आरोपमा जेल सजाय तोकेको हो । यो सजायसंगै सार्कोजी फ्रान्सको इतिहासमा भ्रष्टाचार आरोपमा जेल सजायँ पाउने पहिलो राष्ट्रपति बनेका छन् । ६६ बर्षिय सार्कोजीका निजी कानुन व्यबसायीले भने सार्कोजीले आफु बिरुद्धको आरोपको सर्वोच्चमा अपिल गर्ने बताउँदै फैसला नभएसम्म कारागार जान नपर्ने जनाएका छन् ।


प्रतिक्रिया दिनुहोस !