११ बैशाख २०८१, मंगलवार
 |   Tue Apr 23 2024
Logo

घाइते महिलालाई खाल्डोमा पुरेर एक्स्काभेटर चालक बूढाथोकी फरार



काठमाडौं : धादिङमा एक महिलालाई घाइते बनाएपछि एक्स्काभेटरले पुरेर चालक फरार भएका छन् । धादिङको त्रिपुरासुन्दरी १ सल्यानटार क्षेत्रमा सडक निर्माणको काम गरिरहेको एक्स्काभेटरले घाँस बोकेर जाँदै गरेकी महिलालाई ठक्कर दिएको थियो । ठक्करबाट उनी सोही सडकको खाल्डोमा खसेकी थिइन् । त्यसपछि चालकले चारैतर्फको माटो सोही खाल्डोमा खसाएर घाइते भएकी सरस्वती कुमाललाई पुरेका थिए । त्यस क्षेत्रमा रहेका केहीले ‘डोजरले मान्छे पुर्‍यो’ भनेर हल्ला गरेपछि चालक भीमबहादुर बूढाथोकी फरार भएका थिए । खाल्डोमा परेकी महिलाको उद्धार गर्दा गर्दै मृत्यु भइसकेको थियो । वागमती प्रदेश प्रहरी कार्यालयका एसएसपी मीरा चौधरीका अनुसार ती महिलाको शव निकालिएको छ ।


प्रतिक्रिया दिनुहोस !