१४ बैशाख २०८१, शुक्रबार
 |   Fri Apr 26 2024
Logo

सरकारसँग वार्ता गर्न प्रकाण्डको नेतृत्वमा वार्ता कमिटी गठन



काठमाडौं । सरकारसँग वार्ताका लागि नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका नेता खड्गबहादुर विश्वकर्मा प्रकाण्डले नेतृत्व गर्नेभएका छन् । सरकार संगको वार्ताका लागि विप्लवले प्रकाण्ड र दीपक चलाउनेको नेतृत्वमा दुई सदस्यीय टोली गठन गरेको छ । सरकार वार्ताका लागि तयार भएको अवस्थामा प्रकाण्डको नेतृत्वमा वार्तामा बस्ने स्रोतले जनाएको छ । वार्ताका लागि जेलमा रहेका नेताकार्यकर्ता रिहा र हतियारसम्बन्धी मुद्दा फिर्ता गर्नुपर्ने विप्लवको पहिलो सर्त रहेको स्रोतले जनाएको छ । साथै वार्ताका लागी प्रतिबन्ध फुकुवा, वार्ताको औपचारिक पत्र समेत समूहको माग रहेको नेकपा विप्लप समूह स्रोतले जनाएको छ । सरकारले आज गृहमन्त्री रामबहादुर थापा बादलको नेतृत्वमा २ सदस्यीय वार्ता टोली गठन गरेको छ।


प्रतिक्रिया दिनुहोस !