१४ बैशाख २०८१, शुक्रबार
 |   Fri Apr 26 2024
Logo

दिल्लीबाट स्वस्थ भएर फर्कनु भएको तपाईंलाई नै प्रधानमन्त्री बनाऔं : थापा



काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अधयक्ष कमल थापाले डा. बाबुराम भट्टराईलाई प्रधानमन्त्रीको लागि प्रस्ताव गरेका छन् । भारतको दिल्लीमा उपचार गराएर फर्किएका भट्टराईको ट्विटको उत्तर दिँदै थापाले भरखरै दिल्लीबाट स्वस्थ भएर फर्कनु भएको तपाईंलाई नै प्रधानमन्त्री बनाऔं भन्ने मेरो प्रस्ताव छ। यसो गरे कसो होला ? भन्दै थापाले प्रश्न गरेका छन् । थापाले दिल्लीमा स्वास्थ्य परिक्षण गरेर फर्कने बित्तिकै आएको भट्टराइको ट्विटको प्रशंसासमेत गरेका छन् । भट्टराईले मंगलबार राति गरेको ट्विटमा १० दिनको प्रवासपछि स्वदेश फर्कदा आफ्नोभन्दा देशको स्वास्थ्यले गम्भीर बनाएको उल्लेख गरेका थिए ।

उनले ‘फरगिभ’ र ‘फरगेट’को स्पिरिटमा राजनीतिक सहमति गरेर चुनावी सरकार निर्माण गर्नुपर्ने सुझाव दिनु भएको छ । भट्टराईले शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्ने, सहमत्तिले संविधान संशोधन गर्ने, संवैधानिक अंगहरुलाई निष्पक्ष बनाएर सुशासन कायम गर्ने र छिमेकी मुलुकहरुसँग असल सम्बन्ध बनाएर देशलाई राजनीतिक सहमत्तिबाट अघि बढाउनुपर्ने बताए ।


प्रतिक्रिया दिनुहोस !