८ बैशाख २०८१, शनिबार
 |   Sat Apr 20 2024
Logo

जेलबाट छुटेपछि नेवारहरुले निकाले र्याली



काठमाडौं । गत सातादेखि महानगरीय प्रहरी बृत्त बालाजुले गैरन्यायिक थुनामा राखेका उपत्यका सडक विस्तार पीडित संघर्ष समितिसम्बध्द अभियन्ताहरूलाई सर्वोच्च अदालतले रिहा गरेपछि नेवारहरुले र्याली निकालेका छन् । गैरन्यायिक थुनाबिरूद्ध दायर भएको बन्दी प्रत्यक्षीकरण रिटमा हिजो सर्वोच्च अदालतले दिएको आदेशपछि सबै बन्दी थुनामुक्त भएका हुन् । यसैबीच हिजो साँझ राजधानीको इन्द्रचोकबाट राष्ट्रिय पहिचान संरक्षण संयुक्त संघर्ष समिति र सेभ नेपा भ्याली मुभमेण्ट, नेवाः संघ, उपत्यकाव्यापी सडक विस्तार पीडित सङ्घर्ष समिति,जन सरोकार समन्वय समिति,जागरुक युवा समाज,प्रगतिशील नागरिक मञ्च, जनसरोकार समिति खोकनाले संयुक्त मैनबत्ती जुलुश निकालेका छन् ।

नेपाल सरकारबाट हुँदै आएको नेवाः भूमि अतिक्रमण र भाषिक–सांस्कृतिक दमनबिरुद्ध मैनबत्ती जुलुश आयोजना गरिएको आयोजक समितिका श्यामकृष्ण प्रजापतिले जानकारी दिए । कार्यक्रममा विवेकशीलका प्रदेश सांसद विरजभक्त श्रेष्ठ, पत्रकार तथा सामाजिक अभियन्ता नारायण वाग्ले, गणपतिलाल श्रेष्ठ, उपत्यकाव्यापी सडक विस्तार सङ्घर्ष समितिका संयोजक सुमन सायमीलगायतको उपस्थिति थियो । इन्द्रचोकबाट शुरु भएको जुलुश भेँडासिंह,क्षेत्रपाटी,ढल्को हुँदै कालिमाटी चोकसम्म पुगेको थियो


प्रतिक्रिया दिनुहोस !