८ बैशाख २०८१, शनिबार
 |   Sat Apr 20 2024
Logo

जिउँदै इँटा भट्टामा जलाएको आरोप झुटो भन्दै आलमलाई जोगाउन लागिपर्ने: शेर बहादुर देउवा



रौतहट- नेपाली कांग्रेसको सभापति शेरबहादुर देउवाले राजपुर बम विस्फोटमा घाइते भएकाहरुलाई जिउँदै इँटा भट्टामा जलाएको आरोपमा पुर्पक्षका लागि थुनामा रहेका आफताब आलमको बचाउ गरेका छन् ।

पुरानो झुटो मुद्दामा आलमलाई फसाइएको भन्दै उनले आलमलाई छुटाउन आफूले प्रयास गरिरहेको बताए । गढीमाई नगरपालिका–६ धरमपुर, सिंगारवनमा बुधबार विष्णु पुराण महायज्ञको शुभारम्भ गर्दै देउवाले भने, ‘शेख अफ्ताब जेलमा हुनुहुन्छ, उहाँलाई छुटाउन म आफ्नो तर्फबाट लागिरहन्छु ।’ भोलिका दिन परिस्थिति बदलिन सक्ने भन्दै उनले निर्धक्क भएर बस्न आलमलाई आग्रह गरे ।


प्रतिक्रिया दिनुहोस !