१३ बैशाख २०८१, बिहीबार
 |   Thu Apr 25 2024
Logo

कोरोना संक्रमण घट्दो क्रमसंगै बढ्यो राहदानी बनाउनेको भीड



काठमाडौं- कोरोनाको संक्रमणको दर घटे संगै राहदानी (पास्पोर्ट) बनाउने नेपालीको संख्या बढ्न थालेको छ । काठमाडौंको नारायणहिटीस्थित राहदानी विभागका अनुसार वैदेशिक रोजगारीमा जान चाहने युवाको संख्या बढेसँगै राहदानीका लागि आवेदन दिनेको संख्या क्रमिक रुपमा बढ्न थालेको विभागको भनाई छ ।

राहदानी विभागका निर्देशक (प्रवक्ता) राजेन्द्र पाण्डे राहदानी बनाउनेको संख्या पछिल्लो समय बढदै गएको गोरखापत्र अनलाइनलाई बताउनुभयो । खास गरि वैदेशिक रोजगारीमा जाने यूवा पास्पोट बनाउन आवेदन दिने गरेको पाइएको विभागको भनाई छ । पछिल्लो समय विभागमा राहदानीको लागि आवेदन दिने भन्दा जिल्लाबाट आवेदन दिनेको संख्यामा वृद्वि भएको प्रवक्ता पाण्डे बताउनुहुन्छ ।

यता कोरोना संक्रमणमा कमी भए संगै वैदेशिक रोजगारीको लागि मागपत्र बुझनको लागि म्यानपावर कम्पनीमा आउने यूवाको संख्यामा दैनिक वृद्वि भएको वैदेशिक रोजगार व्यवसायी बताउछन् । –तस्बिर : सुजन गुरूङ्ग- गोरखापत्र अनलाइन


प्रतिक्रिया दिनुहोस !


ताजा

लोकप्रिय