१६ चैत्र २०८०, शुक्रबार
 |   Fri Mar 29 2024
Logo

राष्ट्र बैंकद्वारा विद्युतीय माध्यमबाट हुने भुक्तानीको सीमा दोब्बरले वृद्धि गर्न बैंकहरुलाई निर्देशन



काठमाडौं- नेपाल राष्ट्र बैंकले विद्युतीय माध्यमबाट हुने भुक्तानीको सीमा दोब्बरले बढाएको छ । राष्ट्र बैंकले बुधबार भुक्तानी सम्बन्धी कार्य गर्ने संस्थाहरुलाई निर्देशन जारी गर्दै कारोबार सीमा दोब्बरले बढाएको उल्लेख गरेको छ ।

नयाँ व्यवस्था अनुसार अब मोवाइल बैंकिङ कारोबार अब दैनिक २ लाख रुपैयाँसम्म गर्न पाइने भएको छ । यस अघि एक लाख रुपैयाँमात्रै थियो । यसैगरी राष्ट्र बैंकले इन्टेरनेट बैंकिङ कारोबारको सीमा समेत बढाएर दैनिक २० लाख रुपैयाँ पुर्याएको छ ।


प्रतिक्रिया दिनुहोस !