७ बैशाख २०८१, शुक्रबार
 |   Fri Apr 19 2024
Logo

अवसर आए प्रधानमन्त्री पद छोडिन्न: सभापति देउवा



भरतपुर- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अवसर आए प्रधानमन्त्री नछाड्ने संकेत गर्नुभएको छ । पूर्व सासद एकनाथ रानाभाटको दशौँ स्मृति दिनमा आयोजित श्रद्दान्जली सभामा बोल्दै सभापति देउवाले कांग्रेस जिम्मेवारीबाट नभाग्ने स्पष्ट पार्नुभयो ।
म प्रधानमन्त्री भएनी पक्कै रामचन्द्रजी नि खुसी हुनु होला । जो भएनी कांग्रेसकै मान्छे प्रधानमन्त्री हुने हो, मन्चमसँगै रहेका वरिष्ठ नेता रामचन्द्र पौडेल प्रति लक्षित गर्दै देउवाले भन्नुभयो ।

यसअघि बोल्ने क्रममा पौडेलले कांग्रेस हतारिएर सरकारमा जान नहुने बताउनु भएको थियो । पौडेलले काग्रेसलाई जनताले प्रतिपक्षमै बस्ने म्याण्डेट भएकाले सोही अनुसार अगाडि बढ्नु पर्ने धारणा राख्नुभयो । कार्यक्रममा कांग्रेस महामन्त्री डा. शंशाक कोइरालाले लोकतन्त्रलाई बलियो र स्थायित्व दिन सकेमात्रै स्वर्गीय रानाभाट प्रति सच्चा श्रद्दान्जली हुने बताउनुभयो ।


प्रतिक्रिया दिनुहोस !