१३ बैशाख २०८१, बिहीबार
 |   Thu Apr 25 2024
Logo

नेकपा विवादबारे यथाशीघ्र निर्णय लिन ५ भूतपूर्व प्रमुख आयुक्तहरुको निर्वाचन आयोगलाई आग्रह



काठमाडौं । नेकपा विवादबारे यथाशीघ्र निर्णय लिन पाँच भूतपूर्व प्रमुख निर्वाचन आयुक्तले निर्वाचन आयोगलाई आग्रह गरेका छन् । आयोग अनिर्णयको बन्दी रहँदा त्यसले मुलुकको राजनीतिक प्रक्रिया तथा आयोगको साखमा असर गर्नसक्ने चिन्ता भन्दै उनीहरुले उपयुक्त निर्णय लिन आग्रह गरेका छन् । विज्ञप्ति जारी गर्नेमा भूतपूर्व प्रमुख निर्वाचन आयुक्तहरु सूर्यप्रसाद श्रेष्ठ, भोजराज पोखरेल, नीलकण्ठ उप्रेती, डा. अयोधिप्रसाद उपाध्याय र दोलखबहादुर गुरुङ छन् ।


प्रतिक्रिया दिनुहोस !