१६ चैत्र २०८०, शुक्रबार
 |   Fri Mar 29 2024
Logo

कोरोनाका कारण देशको आर्थिक वृद्धिद्धर ऋणात्मक



काठमाडौं । केन्द्रिय तथ्यांक विभागले कोभिडका कारण आर्थिक वृद्धिद्धर ऋणात्मक भएको जनाएको छ । विभागले नेपालको अर्थतन्त्रको वास्तविक अवस्थाबारे जानकारी दिन बिहीबार विभागमा गरेको पत्रकार सम्मेलनमा गत आर्थिक वर्षको आर्थिक वृद्धिद्धर १.९९ प्रतिशतसम्म ऋणात्मक रहेको जनाएको हो । विभागले आधार वर्ष परिवर्तन गर्दै कोभिडका कारण चालु आर्थिक वर्षको प्रथम त्रैमासमा समेत आर्थिक वृद्धिद्धर माईनस ४.०६ प्रतिशत रहेको जनाएको छ ।

यस्तै विभागले कुल ग्राहस्थ उत्पादन (जीडीपी) को आकार १० वर्षमा १४.७ प्रतिशतले बढेको तथ्यांक पनि सार्वजनिक गरेको छ । आर्थिक वर्ष २०७६÷७७ को अन्त्य सम्ममा नेपालको अर्थतन्त्रको आकार ३९ खर्ब ४३ अर्ब रुपैयाँ पुगेको छ । औद्योगिक वर्गीकरण अनुसार कुल गार्हस्थ्य उत्पादनमा आएको परिवर्तनलाई हेर्दा कृषि, वन तथा माछापालनमा ०.५ प्रतिशत, खानी तथा उत्खनन्मा २२.५ प्रतिशत, औद्योगिक उत्पादन ४.५ प्रतिशत, विद्युत व्यासमा ४६.८ प्रतिशत वृद्धि भएको छ । कार्यक्रममा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. पुष्पराज कँडेलले तथ्याकं प्रणालीलाई व्यवस्थित बनाउनुपर्ने भन्दै जिडिपीको आकार बढेकोले आत्तिने अवस्था नरहेको बताए । विभागले यसअघिको आधार वर्ष २०५७/५८ (सन् २०००/२००१) लाई परिवर्तन गरेर २०६७÷\/६८ .सन् २०१०/११) बनाएको हो ।

जीडीपीको आधार वर्ष परिवर्तन गर्दा सेवा क्षेत्रको योगदानको भार ८.४ प्रतिशतले बढेको छ भने कृषि, उत्पादन तथा प्रशोधन क्षेत्रको भार क्रमशः ९.५ र ३ दशमलव २ प्रतिशतले घटेको छ । यस्तै प्रतिब्यक्ति आय पनि गत वर्षको भन्दा २५ अमेरिकि डलरले घटेको छ । प्रतिब्यक्ति आय गत वर्ष १ हजार १ सय उनान्साठी रहेकोमा अहिले घटेर १ हजार १ सय ३४ डलरमा झरेको पनि तथ्यांकले देखाएको छ ।


प्रतिक्रिया दिनुहोस !